काठमाडाैँ । महालेखा परिक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा संगठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएका छन् ।
सोमबार महालेखा परीक्षक कार्यालयको ६८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्ताे बताएका हुन् । उनले लेखापरीक्षणलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन सूचना प्रविधिको प्रयोग हुँदै आए पनि त्यसलाई अझ परिष्कृत गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले सूचना प्रविधिमा आधारित प्रणालीलाई सुदृढ बनाउन थप स्रोतसाधन आवश्यक रहेको बताए । महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक हुने लेखापरीक्षण प्रतिवेदनप्रति जनअपेक्षा बढ्दै गएको उनको भनाइ छ । उनले कार्यलयले गुणस्तरीय लेखापरीक्षणमार्फत जनविश्वास कायम राख्ने र संस्थाको साख अभिवृद्धि गर्ने गरी कार्य व्यवस्थापन गरिएको जानकारी दिए ।
उनले भने, “लेखा परीक्षणको गुणस्तर र प्रभावकारीताको अभिवृद्धिको लागि वित्तीय तथा संगठानत्मक स्वायत्तताको समेत आवश्यक पर्ने हुँदा सो को लागि संघीय संसद र नेपाल सरकारबाट आवश्यक सहयोग प्राप्त भईरहेको छ, आगामी दिनमा समेत यसको निरन्तरता हुने विश्वास लिएको छु । लेखा परीक्षणलाई व्यवस्थित र गुणस्तरीय बनाउन सूचना प्रविधिको उपयोग हुँदै आएकोमा सो लाई अझ परिमार्जन गर्न आवश्यक देखिएको छ । त्यसको लागि थप स्रोतसाधन आवश्यक रहेकोले यसमा नेपाल सरकारबाट सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । यस कार्यलयबाट सम्पादन हुने लेखा प्रतिवेदनप्रति जनअपेक्षा बढ्दै गएको परिपेक्षमा गुणस्तीरय लेखा परिक्षणबाट जनविश्वास कायम गर्न तथा साँख अभिवृद्धि गर्नेगरी कार्यसञ्चालन व्यवस्थापन भएको छ ।”
उनले कार्यलयले चालु आर्थिक वर्षदेखी लागू हुनेगरी रणनीतिक योजना २०८२/८३– २०८६/८७ स्वीकृत गरी कार्यन्वयनमा ल्याएको जानकारी दिए । लेखा परिक्षणको क्रममा स्थलगत अनुमगन गर्ने गरेको उनको भनाइ छ । आगामी वर्ष प्रत्येक प्रदेशका तीन जिल्ला समेट्नेगरि २१ जिल्लामा लेखा परिक्षणको क्रममा स्थलगत अनुगमन गर्ने र सरोकारवालाहरुको गुनासो र सुझाव लिने बताए ।
उनले सार्वजानिक क्षेत्रको लेखापरीक्षणलाई पारदर्शी र प्रभावकारी बनाउन सरोकारवालाहरुसंग विभिन्न चरणमा छलफल गर्ने जानकारी दिए ।
महालेखाले २०८१/८२ मा ५ हजार ५ सय २६ वटा निकाय तथा कार्यलयको ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखा परीक्षण गरिएको जानकारी दिए । सोमध्ये वित्तिय लेखा परिक्षणतर्फ ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम हुन आएको बताए । उनले प्रतिवेदन अवधीसम्म ६३ अर्ब १२ करोड ९५ लाख रूपैयाँ सम्परिक्षण भएको र सोमध्ये लेखा परीक्षण तथा संपरीक्षणबाट १४ अर्ब ६३ करोड २७ लाख रुपैयाँ असुल भएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्