काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)को निर्वाचन असार ३१ गते हुने भएको छ ।
अध्यक्ष र उपाध्यक्षको एक वर्षे कार्यकाल सकिने लागेपछि असार ३१ गते चुनाव हुने तय भएको हो । परिषदको आज बस्ने बैठकले निर्वाचन मितिलाई औपचारिकता दिने छ ।
असार ३१ गते चुनाव गरेर साउन १ गते सपथ तथा पदभार ग्रहणको समय तय भएको छ । आइक्यानमा १७ जना काउन्सिल परिषद सदस्यले अध्यक्ष र उपाध्यक्ष मतदान मार्फत मतदान गर्छन् । विगतको परम्पराअनुसार उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रचलन छ ।
ऐनमा व्यवस्था नभए पनि आइक्यानमा उपाध्यक्ष अध्यक्ष बन्ने परम्पराजस्तै बनेको छ । स्रोतका अनुसार यसपटक पनि अध्यक्षमा चुनाव हुने छैन ।
वर्तमान उपाध्यक्ष आनन्दराज शर्मा वाग्लेलाई निर्विरोधरूपमा अध्यक्ष बनाउने तयारी छ । सरकारले भने अहिलेसम्म आफ्नो तर्फबाट पठाउनुपर्ने तीन जना प्रतिनिधि पठाएको छैन ।
महालेखापरीक्षकको कार्यालयको सिफारिसमा सरकारले तीन जना परिषद सदस्य पठाउने गर्छ । सरकारले तीनजना सदस्य नपठाए १४ जनाले अध्यक्ष र उपाध्यक्ष छनौट गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्