काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्रालयको कार्यभार सम्हालेकाे एक सय दिनमा भएका महत्वपूर्ण कार्यहरू सावर्जनिक गरेका छन्। उनले याे एक सय दिनमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव अनुरुप १५ वटा कानून खारेज गर्ने निर्णय गरी सोको कार्यान्वयन अगाडि बढाएकाे उल्लेख गरेका छन् । यस्तै, राजस्व अनुसन्धान विभाग खारेज गरी सोको व्यवस्थापन अगाडि बढाइएको बताएका छन् ।
नेपालमा वैदेशिक लगानी भित्र्याउने सम्बन्धमा निजी क्षेत्र एवं बहुराष्ट्रिय कम्पनीहरूका प्रतिनिधिसँग नेपालमा लगानी सुरक्षाको प्रतिबद्धता सहित नेपालमा लगानी भित्र्याउन पहल थालिएको उल्लेख गरेका छन् ।
सार्वजनिक संस्थानहरूको सुधार एवं व्यवस्थापन गर्न गोरखकाली रबर उद्योग, हेटौंडा सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखाना र नेपाल मेटल कम्पनी लिमिटेडको डिडिए गरी अन्तिम प्रतिवेदन तयार भएको, उदयपुर सिमेन्ट उद्योगको डिडिएको अन्तिम मस्यौदा प्राप्त भएको, बुटवल धागो कारखाना र नेपाल ओरिण्ड म्याग्नेसाइट डिडिए तयारी भइरहेकाे उल्लेख गरिएकाे छ ।



प्रतिक्रिया दिनुहोस्