काठमाडौँ । बीमा प्राधिरणले बिमा ऐनसँग अन्य ऐन बाझिदा र बिमा ऐनको प्रतिकूल अन्य निकायले काम गर्दा समस्या भएको गुनासो गरेको छ ।
प्रतिनिधि सभाको अर्थ समितिमा प्राधिकरणको तर्फबाट अध्यक्ष चन्द्रकला पौडेल र प्रमुख कार्यकारी अधिकृत सुशीलदेव सुवेदीले आज विभिन्न नीतिगत समस्या राख्दै यस्तो गुनासो गरेका हुन् ।
पछिल्लो समय यही निहुँदा बीमा प्राधिकरणले बिमा ऐन मिचिदा पनि कम्पनी ऐन देखाएर पन्छिएको छ ।
नेपाल लाइफ इन्स्युरेन्सले बिमा ऐन मिचेर सञ्चालक समिति गठन गरेको थियो । जवाफ माग गर्दा नेपाल लाईफले कम्पनी ऐनअनुसार भनेर जवाफ पठाएको थियो यद्यपी प्राधिकरणले कारबाही प्रक्रिया अगाडि बढाएको छैन ।
बिमा ऐन नै आकर्षित हुने ठाउँमा पनि अध्यक्ष पौडेल र सुवेदी भने पन्छिने गरेका छन् । यद्यपी आज समितिमा भने उनीहरूले गुनासो गरेका छन् ।
बिमा ऐन र नियमावलीमा केही व्यवस्थाहरू अव्यहावहारिक हुनु तथा राष्ट्रिय बिमा नीतिअनुसार योजना तथा कानुनहरू नबन्नु अर्को समस्या रहेको प्राधिकरणको भनाई छ ।
वित्तीय क्षेत्रको समन्वयका लागि स्थायी संयन्त्रको स्पष्ट कानुनी व्यवस्था नभएको पनि प्राधिकरणले समितिमा गुनासो गरेको छ ।
बिमासम्बन्धी कानुनसँग अद्यावधिक हुने गरी अन्य कानुनहरु संशोधन हुन नसकेको र नेपालको आफ्नो रिस्क फ्री रेट (बिमाको सम्बन्धमा) नहुँदा अर्को समस्या रहेको अध्यक्ष पौडेलको भनाई थियो ।
अनिवार्य गरिनुपर्ने बिमाहरू अनिवार्य नहुनु,नेपालको आफ्नो राष्ट्रिय रिस्क रेटिङ र आफ्नो रिस्क मोडलिङ नहुनु र प्रत्येक ५ वर्षमा बिमा ऐन संशोधन गरिने छ भनेर ऐनमा नै लेखिदा नीतिगत स्थिरता देखिएको अध्यक्ष पौडेलको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्