सक्रियता बढाउँदै लामिछाने, मधेस केन्द्रित दलसँग सिंहदरबारमा छलफल जारी


काठमाडौं । देशमा देखिएको वर्तमान राजनीतिक तथा समसामयिक समस्याको निकासका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तराई–मधेस केन्द्रित दलहरूसँग छलफल सुरु गरेको छ।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बेलुका सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठक जारी रहेको पार्टी सचिवालयले जनाएको छ।