काठमाडौँ । धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ ।
धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित हनुमान मन्दिरमा बस्दै आएका ४५ वर्षीय बन्ठु राउत गडेरीको धारिलो हतियार प्रहार गरी गएराति हत्या भएको हो ।
स्थानीयका अनुसार उनी फूपुको घरमा खाना खाएर मन्दिरमा सुत्ने जाने गरेका थिए । उनी सुतिरहेको स्थानमै धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
स्थानीयले गडेरीको हत्या भएको खबर गरेपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस्