काठमाडौँ । कुवेतमा भएको ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु भएको छ ।
नेपाली राजदूतावास कुवेतले ड्रोन आक्रमणमा चालकको रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको हिजाे निधन भएको पुष्टि गरेको हो ।
राजदूतावासले स्वर्गीय तामाङको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल पठाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको समेत जनाएको छ ।
संवेदनशील परस्थितिमा कुवेत सरकारद्वारा जारी गरिएका सुरक्षासम्बन्धी मापदण्ड पूर्णरूपमा पालना गर्न आग्रह समेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,“यस संवेदनशील परिस्थितिमा कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई कुवेत सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरू पूर्णरूपमा पालना गर्दै संयमित भएर सुरक्षित स्थानमा रहन राजदूतावास हार्दिक अनुरोध गर्दछ ।”
अमेरिका र इरानबिच भइरहेको युद्धमा इरानले कुवेतमा रहेका अमेरिकी सैन्य बेसक्याम्पमा आक्रमण गर्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्