काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्उ तोलामा एक हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८४ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ८५ हजार रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेर ४ हजार ३६० रूपैयाँ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्