काठमाडौँ । नेपाल उद्योग परिसङ्घको युवा उद्यमी मञ्चको अध्यक्षमा सुगम घिमिरे चयन भएका छन् । यही शुक्रबार भएको मञ्चको आठौँ वार्षिक साधारण सभाले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै मञ्चको लर्निङ सभापतिमा चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन सभापतिमा शाइनी खेतान, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन सभापतिमा निदा दून मल्ल चयन भएका छन् ।
यस्तै गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स सभापतिमा सुजित रेग्मी, कम्युनिकेसन्स एन्ड एक्सपान्सन सभापतिमा पुनीत अग्रवाल, स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स सभापतिमा यश अग्रवाल र फाइनान्स एन्ड इन्टरनेसनल रिलेसन्स सभापतिमा अङ्कुर अग्रवाल चयन भएका छन् ।
यस्तै सहसभापतिमा न्यान्सी अग्रवाल (मेम्बरसिप एन्ड इन्टिग्रेसन),सचेत मानन्धर (स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन), र चेतन प्रधान (गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स) चयन भएका छन् ।
विभिन्न च्याप्टर सम्मानित
विगत वर्षमा उत्कृष्ट योगदान पुर्याउने सदस्य तथा च्याप्टरहरू सम्मानितसमेत भएका छन् ।
समिति तथा कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि जितेन्द्र बहातीलाई ‘मोस्ट एक्टिभ मेम्बर (पुरुष)’, प्रमुख पहलहरूमा पुर्याएको योगदानका लागि नेहा अग्रवाललाई ‘मोस्ट एक्टिभ मेम्बर (महिला)’, र सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका श्री सुधिज्ञ पन्तलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।
यस्तै सक्रिय सदस्य विस्तार तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरेकोमा सिएनआइवाइइयफ लुम्बिनी च्याप्टरलाई ‘च्याप्टर ग्रोथ अवार्ड’ र उत्कृष्ट कार्यसम्पादनसहित च्याप्टरलाई अनुकरणीय बनाएकोमा सिएनआइवाइइयफ कोशी च्याप्टरलाई ‘च्याप्टर एक्सेलेन्स अवार्ड’ द्वारा सम्मानित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्