काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आजदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो । अब पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको छ ।
पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।
मूल्य समयोजन गर्दा पनि पाक्षिक रूपमा १ अर्ब ४९ करोड रुपैयाँ घाटा रहेको निगमको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्