एनएमबी बैंकको नाफा ४० प्रतिशतले बढ्यो


काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा एनएमबी बैंकको नाफा ४०.६० प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ४ अर्ब १ करोड ३६ लाख रूपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रूपैयाँ नाफा कमाएको थियो ।

गत आर्थिक वर्षमा बैंकले ९ अर्ब ४२ करोड ६२ लाख ४० हजार रूपैयाँ ब्याज आम्दानी गरेको गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षमा बैंकले फि तथा कमिसन २ अर्ब ५९ करोड ८ लाख ६८ हजार रूपैयाँ आर्जन गरेको छ ।

बैंकको चुक्ता पुँजी २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रूपैयाँ रहेको छ ।

बैंकको निक्षेप १२.१७ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब ११ करोड ८४ लाख रूपैयाँ पुगेको छ भने कर्जा ९.३३ प्रतिशतले बढेर २ खर्ब ४९ अर्ब ७५ करोड ९९ लाख २९ हजार रूपैयाँ पुगेको उल्लेख गरिएको छ ।

अघिल्लो आर्थिक वर्षमा ४.११ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा ४.८१ प्रतिशत पुगेको छ ।

बैंकको प्रति सेयर आम्दानी १९.५३ रूपैयाँ र प्रति सेयर नेटवर्थ १८१.८० रूपैयाँ रहेको छ । क्यापिटल एड्युकेसी रेसियो १२.७३ प्रतिशत रहेको छ ।