२१ अंकले घट्यो नेप्से, ४ अर्ब रूपैयाँभन्दा बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार खानीखोला हाइड्रो कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४० करोड ६६ लाख ९३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा एभरेष्ट कलर लिमिटेडका लगनीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ११.६७ प्रतिशतले घटेको छ ।

कुल ३४३ कम्पनीको एक करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।