आजका लागि विदेशी मुद्राको विनिमयदर तय


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ५९ पैसा र बिक्रीदर १५३ रुपियाँ १९ पैसा, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ०९ पैसा र बिक्रीदर १७६ रुपियाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ७४ पैसा र बिक्रीदर २०६ रुपियाँ ५५ पैसा छ ।

अस्ट्रलियन डलर एकको खरिददर १०८ रुपियाँ ७४ पैसा र बिक्रीदर १०९ रुपियाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ८१ पैसा र बिक्रीदर ११० रुपियाँ २४ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ८६ पैसा र बिक्रीदर नौ रुपियाँ ९० पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ६३ पैसा र बिक्रीदर ४० रुपियाँ ७९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८६ पैसा र बिक्रीदर ४२ रुपियाँ ०२ पैसा,युएई दिराम एकको खरिददर ४१ रुपियाँ ५५ पैसा र बिक्रीदर ४१ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४४ पैसा र बिक्रीदर ३७ रुपियाँ ५८ पैसा तोकिएको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर ४९७ रुपियाँ २० पैसा र बिक्रीदर ४९९ रुपियाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ ७७ पैसा बिक्रीदर ४०६ रुपियाँ ३७ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपियाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपियाँ ८९ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।