घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख १ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख १०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर ४ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।