काठमाडाैँ । २०८३ साउन मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रूपैयाँ पुगेको छ ।
२०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८३ साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ साउन मसान्तमा २.१ प्रतिशतले वृद्धि भएर २५ अर्ब ८४ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८३ साउन मसान्तमा १.३ प्रतिशतले बढेर ३५ खर्ब १७ अर्ब ९९ करोड रूपैयाँ पुगेको छ । २०८३ असार मसान्तमा ३४ खर्ब ७३ अर्ब १९ करोड रहेको थियो ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रूपैयाँ रहेकोमा २०८३ साउन मसान्तमा ०.९ प्रतिशतले वद्धि भएर ४ खर्ब २८ अर्ब २२ करोड रूपैयाँ कायम भएको छ ।
२०८३ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।
२०८३ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५९.८ प्रतिशत, १५७.० प्रतिशत र ४४.५ प्रतिशत रहेका छन् । २०८३ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्