कुल निर्यातमा तेलको हिस्सा ७० प्रतिशतभन्दा बढी


काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो २ महिनामा ४ खर्ब १ अर्ब ५१ करोड ८९ लाख रूपैयाँभन्दा बढीको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.५८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो २ महिनामा ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख रूपैयाँ बराबरको आयात भएको थियो ।

नेपालको निर्यात पनि ६१.८६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको २ महिनामा ७६ अर्ब ५८ करोड ७५ लाख रूपैयाँ बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ४७ अर्ब ३१ करोड ७६ लाख रूपैयाँ बराबरको निर्यात भएको थियो ।

नेपालको कुल वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढेको छ भने नेपालको व्यापार घाटा २६.०२ प्रतिशतले बढेको छ ।

नेपालको कुल निर्यातमा १० वस्तुको हिस्सा ६६.७७ प्रतिशतको छ । जसमा भटमासको तेलको हिस्सा नै ४७.०७ प्रतिशत रहेको छ । जसमा सुर्यमुखी तेलको हिस्सा २.७२ प्रतिशत र पाम तेलको हिस्सा हिस्सा २.५२ प्रतिशत रहेको छ । कुल निर्यातमा ७० प्रतिशत भन्दा बढी निर्यात हिस्सा तेलको रहेको छ ।

यी तेलको कच्चा पदार्थ नेपालमा उत्पादन हुँदैनन् । उद्योगी व्यवसायीहरूले अर्ध प्रशोधित तेल नेपाल भित्राएर त्यसलाई नै निर्यात गर्दै आइरहेका छन् । कुल १० निर्यातमा अन्य ९ वस्तुको निर्यात ३ प्रतिशतभन्दा पनि कम छ । कुल निर्यात हुने वस्तुमा जुटको कपडा, सुर्यमुखीको तेल, पाम तेल, ऊनको गलैँचा, अलैँची, फेल्ट, पोलिस्टर मिश्रित धागो, स्टेनलेस स्टिलको घरायसी भाँडा, पोलिस्टर एकल धागोहरू रहेका छन् । यी वस्तुहरू नै ५१ अर्ब १३ करोड रूपैयाँ भन्दा बढीको निर्यात भएको छ ।

यस्तै, कुल आयातमा कच्चा भटमासको तेलको हिस्सा ९.४८ प्रतिशत रहेको छ । यहि कच्चा आयात भएको तेल प्रशोधन गरेर निर्यात गरिँदै आएको छ । आयातमा डिजेल, पेट्रोल र एलपिजी ग्यासको हिस्सा क्रमश ६.९८ प्रतिशत, ४.०२ प्रतिशत र ३.९९ प्रतिशत हिस्सा रहेको छ ।