काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो लेखापरीक्षण समिति पुनर्गठन गरेको छ ।
बैंकको सञ्चालक समितिको २०८३ असोज २० गते बसेको बैठकले नयाँ लेखापरीक्षण समिति गठन गरेको हो ।
बैठकले २०८३ असोज २१ गते नेप्सेलाई पठाएको पत्रअनुसार पुनर्गठित समितिको संयोजकमा सञ्चालक तेज बहादुर चन्द नियुक्त भएका छन् ।
त्यसैगरी, सञ्चालक बलराम पराजुली समितिको सदस्य रहेका छन् भने आन्तरिक लेखापरीक्षण विभागका विभागीय प्रमुख सदस्य सचिवका रूपमा रहने व्यवस्था गरिएको छ ।
बैंकले नियामकीय व्यवस्था तथा सुशासनलाई थप प्रभावकारी बनाउन लेखापरीक्षण समिति पुनर्गठन गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्