गरिमा विकास बैंक मर्जर तथा प्राप्ति प्रक्रियामा जाने


काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले भविष्यमा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर (एकीकरण) वा प्राप्ति (एक्विजिसन) प्रक्रियामा जान सक्ने प्रस्ताव पारित गरेको छ ।

पोखरामा सम्पन्न २० औं साधारण सभाले आवश्यकता र उपयुक्तताको आधारमा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने, ड्यू डिलिजेन्स अडिट गराउने तथा त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै, मर्जर तथा प्राप्तिसम्बन्धी प्रक्रियाका क्रममा नियामक निकायबाट आवश्यक स्वीकृति लिने, मूल्याङ्कन तथा वित्तीय परीक्षण गर्ने, सम्पत्ति तथा दायित्व व्यवस्थापनलगायत आवश्यक निर्णय लिन सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि पारित प्रस्तावमा समेटिएको छ ।

बैंकले संस्थागत सुदृढीकरण, व्यवसाय विस्तार तथा वित्तीय क्षमता अभिवृद्धिका लागि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने प्रस्ताव अघि सारिएको बैंकले जनाएको छ ।