काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ ।
शुक्रबार १२ हजार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा एक हजार ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेर तीन हजार ६ सय रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो कारोबारको दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ कमी हो ।


प्रतिक्रिया दिनुहोस्