काठमाडौँ । मुगुको छायानाँथ रारा नगरपालिका–७ स्थित ताल्चा–रारा कच्ची सडक खण्डमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप आज सडकबाट करिब ६०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
दुर्घटनामा घाइते काठमाडौँका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको उपचारकाक्रममा जिल्ला अस्पताल मुगुमा मृत्यु भएको हो ।
दुर्घटनामा जिप चालक कञ्चन थापा र ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अन्जु थापा घाइते भएका छन् । दुवै जनाको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्