सुदूरपश्चिम रोयल्सले जित्यो एनपिएलको उपाधि


काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपिएलको उपाधि जितेको हो।

लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो। सुदूरपश्चिमका जर्ज मुन्सेले ५४ बलमा अविजित १ सय २५ रन बनाए। विनोद भण्डारी ३० रनमा अविजित रहे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९ तथा कप्तान रोहितकुमार पौडेलले ३० रन बनाए।

सुदूरपश्चिम लगातार तेस्रोपटक एनपिएलको फाइनलमा पुगेको थियो। यसअघि पहिलो र दोस्रो संस्करणको फाइनलमा पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो। दोस्रो संस्करणको फाइनलमा भने लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो।

तस्बिर : नेपाल फोटो सर्भिस (एनपिएस)