नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०लाई सोमबार बिहान नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।
विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्ने, मोदीसँग द्विपक्षीय वार्ता गर्ने तथा नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय छलफलमा सहभागी हुने कार्यक्रम छ।
त्यसैगरी, विभिन्न विकास परियोजनाको उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन पनि हुनेछ।
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँगका औपचारिक कार्यक्रम सकेर सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ। उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ।


प्रतिक्रिया दिनुहोस्