बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलाामा ४ हजार ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ४२ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ४७ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेर ३ हजार ११० रूपैयाँमा कारोबार भइरहेको छ ।