काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ६ हजार ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ४१ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १०५ रूपैयाँले घटेर ३ हजार ४० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्