रियलमीका मोबाइल फोन किन्नेलाई उपहार


काठमाडौं । चिनिया स्मार्टफोन कम्पनी रियलमीले नेपालीहरुको महान् चाड दशैँ तिहारको अवसरमा “रियलमी फेसटिभ डे” अफर घोषणा गरेको छ । यो अफर असोज १६ गतेदेखि कार्तिक ३० गतेसम्म रहने रियलमीले जनाएको छ ।

रियलमीका नयाँ ग्राहकहरुलाई चाडपर्वको अवसरमा उपहार जित्ने मौका पाउने छन् । अफरमा ३ रियलमीका भाग्यशाली ग्राहकहरुले बम्पर पुरस्कार मार्फत कोनका ६४” फो के टिभी वा कोनका ७ केजी फ्रन्ट वासिङ्ग मेशिन वा रियलमी ८ प्राप्त गर्नेछन् ।

साथै प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकहरुले सि ११ २०२१ मोबाइल फोन र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकहरुले कोनका १८०० वाट भ्याकुम क्ल्निर वा कोनका १.८ लिटर डिलक्स राइस कुकर वा कोनका १००० वाट आइरन वा कोनका २ः१ सिएच होम थिएटर स्पिकर जित्ने मौका पाउने रियलमीले जनाएको छ ।

यो अफरमा भाग लिनको लागि नयाँ उपभोक्ताहरुले क्यूआर कोड स्क्यान अथवा रियलमी क्याम्पीयन्स डटकम मा लगइन गरि आईएमईआई नम्बर राख्नुपर्ने छ । यो अफर रियलमीका सबै स्मार्टफोनहरुमा लागु हुने रियलमीले जनाएको छ ।