साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल


काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड गत असार २४ गते मर्जर भएका थिए ।

मर्जरपछि साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार संचालन भएको छ ।

मर्जरपछि शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई नियुक्त गरिएको संस्थाले जनाएको छ ।

उक्त कार्यका लागि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा.नबराज सिम्खडा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।