सिंगटी हाइड्रोको आइपीओ निष्काशन, कति कित्ता आवेदन दिने ?


काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ आज देखि बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणको लागि २९ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २९ करोड रुपैयाँ मूल्य बराबरको २९ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो।
त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । बाँकि रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारण् ाहरुले आवेदन दिन सकिनेछन्।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।कम्पनीले उक्त आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट नियुक्त भएको छ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ ।

सो शेयर खरिदका लागि चैत १० गतेसम्ममा आवेदन दिनुपर्नेछ । त्यस अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप हुनेछ।