यो हो विश्वकै सबैभन्दा सस्तो भनिएको इलेक्ट्रिक स्कुटर


काठमाडाैं ।

भारतमा डिटेल ईजी प्लस इलेक्ट्रिक स्कुटर लन्च भएको छ । सो मोपेडलाई कम्पनीले ३९ हजार ९९९ भारुमा लन्च गरेको छ । कम्पनीका अनुसार सो स्कुटर विश्वको सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर बनेको छ ।

सो स्कुटर खरिद गर्नको लागि अनलाइनबाट पनि बुकिङ गर्न सकिन्छ । यसको लागि २ हजार भारुमा बुक गर्न सकिन्छ । सो स्कुटर कम्पनीको वेबसाइटबाट खरिद गर्न सकिन्छ ।

सो स्कुटरमा २५० वाटको इलेक्ट्रिक मोटर र ४८ भोल्ट लिथियम आयोन फास्फेट ब्याट्री जडान गरिएको छ । सो ब्याट्री ६ देखि ७ घन्टामा फुल चार्ज गर्न सकिन्छ । कम्पनीले सो स्कुटरको लागि २ वर्षको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गराएको छ । सो स्कुटर खरिद गर्दा प्रिपेड रोडसाइड असिस्टेन्स प्याकेज र फ्रि हेलमेट उपलब्ध गराएको छ ।

सो स्कुटरले सिंगल चार्जमा ६० किलोमिटरको रेन्ज दिन्छ । यसको लोड क्षमता १७० किलोग्राम रहेको छ । स्कुटरको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ । यसको टप स्पिड २५ किलोमिटर प्रति घन्टा रहेको छ ।

कम्पनीले सो स्कुटर मेटेलिक ब्ल्याक, मेटेलिक रेड, मेटेलिक येल्लो, गनमेटल र पर्ल ह्वाइट रङमा उपलब्ध गराएको छ ।