सुमेरू सहकारीका दुई सञ्चालक पक्राउ,अध्यक्ष सम्पर्कविहीन


काठमाडौँ । काठमाडौँको कालीमाटीमा रहेको सुमेरू बचत तथा ऋण सहकारी संस्थाका दुई सञ्चालकलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा सहकारीका कोषाध्यक्ष रामकृष्ण अवाले र सदस्य सरोज महर्जन हुन्। उक्त सहकारीमा सर्वसाधारणको एक अर्बभन्दा धेरै रकम डुबेको छ।

सहकारीका सञ्चालकविरुद्ध ५८ सदस्यको १५ करोड रुपैयाँ ठगी भएको भनेर जाहेरी परेको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

ललिततुरस्थित सुमेरू सहकारीका अध्यक्ष भरत महर्जनको समूहले नै कालीमाटीमा सहकारी चलाउँदै आएको थियो भने हाल उनी सम्पर्कविहिन रहेका छन्।