कोशी सरकारमा सहभागी हुँदै कांग्रेस, आजै शपथ


काठमाडौँ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आजै बिहान ९ः०० बजेका लागि राखिएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिनेछन् ।

जसमा भूपेन्द्र राई, सदानन्द मण्डल र खगेनसिं हाङ्मामको नाम टुङ्गो लागेको छ । राज्यमन्त्रीमा भने भूमिप्रसाद राजवंशीका नाम टुङ्गो लागेको छ । राई कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहका हुन् भने मण्डल र हाङ्गाम संस्थापन समूहका हुन् । राज्यमन्त्री राजवंशी सिटौला समूहका हुन् ।

भूपेन्द्र राईले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्ने छन् । खगेनसिह हाङ्गामलाई उद्योग कृषि तथा सहकारी मन्त्रालय र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।