हाथवे इन्भेष्टमेन्टको गर्‍यो लाभांश घोषणा


काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।

हिजाे भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले बोनस शेयर तथा बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।

प्रस्तावित लाभांश वार्षिक साधारण सभाले पारित परेपश्चात सेयरधनीले पाउने छन् ।कम्पनीको हाल कायम चुक्तापूँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँ छ ।