काठमाडौँ । काठमाडौँको कमलपोखरीमा सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइएको छ । बिहीवार राष्ट्रपति पौडेलले कमलपोखरी पुगरे सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेका हुन् ।
देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रही आएको छ ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा सुरू भएको मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्