काठमाडौँ । नागरिक सामुदायिक शिक्षण अस्पताल भक्तपुरले प्रसुती तथा स्त्रीरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
ह्याम्स अस्पतालको व्यवस्थापनमा नागरिक अस्पताल, भक्तपुरले प्रसुती तथा स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
अस्पताल परिसर भक्तपुरमा भएको शिविरमा वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालका साथै डा. करिष्मा पाण्डे डा. सरिता खैँजुले सेवा प्रदान गरेका थिए ।
अस्पताल परिसरमा शनिबार बिहान ८ बजेदेखि ११ बजेसम्म आयोजना भएको शिविरमा युएसजीमा ४० प्रतिशत, सबै प्रयागशाला परीक्षणमा २० प्रतिशत, सबै डाइयोग्निस्टिक टेस्टमा २० प्रतिशत र सबै फार्मेसी सेवामा १० प्रतिशशत छुट दिइएको अस्पतालकी नर्सिङ प्रमुख गंगा पौडेलले जानकारी दिइन ।
प्रतिक्रिया दिनुहोस्