काठमाडौँ । पूर्व अर्थमन्त्री प्रकाशशरण महतले दीर्घकालिन सोच नराखी हचुवाको भरमा अन्तर्राष्ट्रिय सम्झौता गर्ने गरेको बताएका छन् ।
बुधबार काठमाडौँमा भएको नेपालमा बेल्ट रोड एण्ड इनिसिएटिभ (बिआरआई)ः स्थिती चुनौती र अगाडीको बाटो कार्यक्रममा महतले नेपालको समस्या दीर्घकालिन सोचले तयारी नगरी अन्तिम अवस्थामा हचुवाको भरमा निर्णय र निष्कर्षमा पुग्ने गरेका कारण कतिपय अवस्थामा समस्या हुने गरेको बताए ।
बिआरआईको मात्र नभई यस्ता सबै योजनाहरुमा राष्ट्रिय समझदारीको कुरामा काम गर्नुपर्ने उनले उल्लेख गरे । यो नीतिलाई अख्तियार गर्ने कुरामा दुई मत नरहेको उनको भनाइ छ ।
महतले राष्ट्रको हित, राष्ट्रको स्वार्थमा काम गर्नुपर्ने नेपाली काँग्रेसको स्पष्ट दृष्टिकोण रहेको बताए । विदेशी नीतिमा एउटै मापदण्ड बनाउनुपर्ने उनको धारणा छ ।
“हाम्रो देशको राष्ट्रिय स्वार्थलाई कसरी मजबुत गर्छ, परिपुरण गर्छ, त्यो कुरा हामी कसैले पनि बिर्सन हुन्न । जो सुकै सत्तामा आएपनि यो कुरालाई हामीले बिर्सिएनौं भने समस्या आउँदैन । हाम्रो एउटै लक्ष्य के हो भने कसरी नेपालको हितलाई प्रवद्र्धन गर्ने । नेपालको स्वार्थलाई केन्द्र विन्दुमा राखेर प्रस्तुत हुनुपर्छ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्