काठमाडौँ । कृषि तथा पशूपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको युगमा प्रवेश गरेसँगै बीउ बिजनको क्षेत्रलाई पनि प्रविधिमा आधारित बनाउँदै लैजाँदा कृषि क्षेत्रको महत्वपर्ण उपलब्धी भएको बताएका छन् ।
बीउ सम्वन्धी निर्माण गरिएको सफ्टवयेर देसिस– २ को आज काठमाडौँमा शुभारम्भ गर्दे मन्त्री अधिकारीले कृषिलाई सूचना प्रविधिसँग जोडन जरुरी रहेको सन्दर्भमा बीउ बिजनको वितरणलाई डिजिटलाइजेशन प्रणालीमा लैजाने कार्यले समग्र कृषि क्षेत्रमा सूधार देखिने अपेक्षा व्यक्त गरे ।
सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यन्वयन गरिरहँदा यसको तूलनात्मक लाभ कृषि क्षेत्रले समेत लिनुपर्ने अधिकारीले बताए ।
मन्त्री अधिकारीले यस सफ्टवयेर मार्फत गणस्तरीय बीउ बिजनमा किसानको सहज पँहच हुने अपेक्षा पनि व्यक्त गरे । विभिन्न दातृसंस्थाको सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको बीउ बिजन गणस्तर नियन्त्रण केन्द्र मार्फत यो सफ्टवयेर निर्माण गरेको हो । यस मार्फत तीनै तहका सरकारबिच बीउ बिजन वितरणलाई डिजिटलाईजेशन गरि गुणस्तरीय बीउमा किसानको पहुँच कायम हुने केन्द्रका प्रमूख बेनु प्रसाद प्रसाईँले बताए ।
प्रतिक्रिया दिनुहोस्