काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले सरकारको समेत मिलेमतोमा सिमेन्ट उद्योगीहरूले सिमेन्टमा दोब्बर मूल्य बढाएको आरोप लगाएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महशुल बुझाउनको लागि सरकारसँगको मिलेमतोमा बोरामा दोब्बर मूल्य वृद्धि गरेर उपभोक्तालाई मारमा उद्योगीहरुले पारेको बताएका हुन् ।
उनले सिमेन्ट उद्योगीहरुले काट्रेलिङ गरेर ४५० रुपैयाँ बोरा रहेको सिमेन्ट अहिले ८५० सम्म पु¥याएको उल्लेख गरे । उनले सिमेन्टको मूल्य नियन्त्रणको लागि समितिले आवश्यक निर्देशन दिन आवश्यक रहेको बताए ।
नेपाली काँग्रेसका सांसद रमेश रिजालले सामाजिक सञ्जालमा विज्ञापन गरेको आधारमा व्यापार गर्न पाउने गरी विद्युत व्यापार विधेयक ल्याउन नहुने बताए । उनले विद्युत विधेयकमा अनलाइन व्यापार गर्नको लागि व्यवसायीले अनलाइन पोटल दर्ता गरेको हुनुपर्ने बताए । उनले अरुले दर्ता गरेको फेसबुक,टिकटक लगायत सामाजिक सञ्जालमा राखेर अनलाइन व्यापार गर्न नपाउने व्यवस्था गर्न आवश्यक रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विद्युत व्यापार विधेयक साना तथा मझौला व्यवसायीहरुलाई जोगाउने गरी ल्याउनुपर्नेमा जोड दिए । उनले साना र मझौला व्यवसायीहरुलाई जोगाउन सकिन भने सिन्डिकेट कायम रहने बताए ।
प्रतिक्रिया दिनुहोस्