नदी पथान्तरण तथा जलाशययुक्त आयोजना कार्यान्वयन गरिने


काठमाडौँ । सरकारले जलस्रोतको बहुपक्षीय उपयोगका लागि काम गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा जलस्रोतको बुहपक्षीय उपयोगका लागि काम गर्ने उल्लेख गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रममा विद्युतको माग अधिक हुने समयका लागि आपूर्ति व्यवस्था गरी आयात प्रतिस्थापन गर्न नदी पथान्तरण तथा जलाशययुक्त आयोजनाहरूको कार्यान्वयन गरिने उल्लेख छ ।

देशभरका नदी प्रणालीको समुचित संरक्षण र प्रवर्धन री कानुनी र संरचनागत व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै एकीकृत जलस्रोतको व्यवस्थापन अवधारणा अन्तर्गत नदीवेसीन गुरुयोजनाका लागि कानुनी र संरचनागत प्रबन्ध गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।