९१ पुग्दै अर्बपति वारेन बफेट, यस्ताे छ धनाढ्य काे सफलताकाे कथा


काठमाडौं । ३० अगस्ट २०२१ का दिन ९१ वर्ष पुग्न लागेका अमेरिकी अर्बपति वारेन बफेट लगानी गुरूका नामले पनि पनि चिनिन्छन् । बफेट लगानीकर्ताहरूका लागि मोडल बन्नु अघि व्यवसाय जाने चाहना सानै उमेरदेखि रहेको देखिन्छ । तर अहिले आफ्नो सम्पत्तिको आधा भाग दान दिइसकेका छन् उनले ।

बफेटकाे जीवनशैली अन्य अर्बपतिहरूको शानशौकत दर्शाउने खालको नभएको उनलाई चिन्नेहरूले बताउने गरेका छन् । विश्वभर आर्थिक क्षेत्रमा महामन्दी चलिरहेका बेला सन् १९३० मा उनको जन्म भएको थियो । कलिलो उमेरमै व्यवसाय बुझ्ने भइसकेका थिए ।

अहिले पनि ६ दशक अघि बसेको घरमै बसिरहेका छन् । उनी भन्छन् “ मेरा आवश्यकताहरू साधारण छन्, ४० को उमेरमा जेले खुशी बनाउँथ्यो ९० को उमेरमा पनि त्यहीले खुशी तुल्याउँछ ।”

मार्च महिनामा बफेटको खुद सम्पति १ खर्ब अमेरिकी डलर बराबर नाघिसकेको थियो । स्टक मार्केटका सेयरहरू पहिलो पटक ११ वर्षको उमेरमा किनेका थिए । १५ वर्षको उनले ४० एकर जमिन नेब्रास्कामा किने र सुरुआती कम्पनी खोलेर अगाडि बढे ।

कोलम्बिया युनिभर्सिटीबाट स्नात्तक डिग्री पूरा गरेपछि बफेटले न्युयोर्क सिटीमा आफ्ना लगानी गुरू बेन्जानिमन ग्राहमकोमा काम गरे । लगानी व्यवसायबाट ग्राहम सेवा निवृत भएपछि बफेट आफ्नो गृहनगर ओमाहा आएर ‘बफेट पार्टनरसिप’ नामको लगानी कम्पनी चलाए ।
सन् १९६० को दशकको अन्त्यतिर बफेटले स्टक मार्केटतर्फ ध्यान दिए । केही वर्षपछि आर्थिक समस्यामा फसेका कपडा कारखानाका मालिकसँग उनले ‘बर्कशायर हाथवे’ किने ।

केही दशक पछि बफेटले ठूलो व्यापारिक घरानाको रूपमा कम्पनीको विकास गरे । वार्षिक बिक्री २ खर्ब ४५ लाख अमेरिकी डलर बराबरको रहेछ । बफेटको कम्पनीको बजारमा पुँजीकृत अवस्था ६ खर्ब ५४ अर्ब अमेरिकी डलर बराबरको रहेको छ । कम्पनी र यसका सहयोगी कम्पनीहरूमा गरी ३ लाख ६० हजार मानिसले रोजगार पाएका छन् ।

बफेट पार्टनरसिपबाट हजारौं मानिसलाई धनी बनाएको छ । उमेरका कारण अब उनले आफ्नो उत्तराधिकारीको रूपमा कम्पनीमा लामो समय काम गरेका ग्रेग अबेललेलाई तोकेका छन् । उत्तराधिकारी तोकेपनि बर्कशायर हाथवेबाट रिटायर हुने संकेत भने गरेका छैनन् । सन् २०२१को पहिलो ८ महिनामा कम्पनीको सेयरले करिब २५ प्रतिशतको लाभ प्राप्त गरेको छ ।

बफेटले ८ वर्ष अमेरिकी कांग्रेसमा कन्जरभेटिभ पार्टी रिपब्लिकनका सदस्यको रूपमा स्टक ब्रोकर पिता हावर्ड बफेटबाट जीवनको दर्शन लिएका हुन् ।अरुले के भन्छ भन्ने तिर चिन्ता नगर्ने आफ्ना काम तिर सोच्ने र त्यसका लागि ध्यान दिनुपर्ने उनको आन्तरिक निर्णय कार्ड हो । जसलाई ‘इनर स्करकार्ड’ भनिन्छ ।

उनले आफूलाई डेमोक्रेट भनेपनि वर्षौदेखि उनले दुर्वै पार्टीलाई चन्दा दिंदै आएका छन् । उनी धार्किक होइन, आफूलाई अज्ञेयवादी भनी भन्न रुचाउँछन् । दिंवगत पत्नीको नाममा खोलेको प्रतिष्ठान सुसन थम्पसन बफेट फाउन्डेसनमा प्रजनन अधिकार र गर्भपतनको वैधानिकताका लागि काम गर्न कोष दान दिने गरेका छन् ।

बफेट सुसनसँग २० वर्षको जीवन बताए । पछि उनी सनफ्रान्सिस्कोमा जीवन बिताइन् । ओमाहामा बस्ने अर्की महिला अस्ट्रिड मेन्क्ससँग पहिलो पत्नीको २००४मा मृत्यु भएपछि अनौपचारिक समारोह गरी बिहे गरे ।

बिल एन्ड मेलिन्डा फ्रेन्च गेट्ससँग बफेटले द गिभिङ प्लेज बनाए । यसबाट उनले आफ्नो ५० प्रतिशत सम्पत्ति दान दिने प्रतिबद्धता जनाएका छन् । यसका अतिरिक्त बफेटले ९९ प्रतिशत सम्पत्ति परोपकारी कार्यमा लगानी गर्ने प्रतिबद्धता पनि गरेका छन् ।

आफूले स्थापना गरेको प्रतिष्ठान भन्दा पनि उनले पाँच अन्यले स्थापना गरेका प्रतिष्ठानहरूमा सम्पत्ति दान दिएका हुन् । विशेषगरी सन् २०२१ सम्म ट्रस्टी भइ संलग्न रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनमा दान दिएका थिए ।

बफेटका अनुसार उनले आफ्ना तीन जना सन्तानहरूलाई थोर सम्पत्ति दिएका छन् । हावर्ड ग्राहम बफेट, पिटर बफेट र सुसन एलिस बफेटका फाउन्डेसनमा थोरै सम्पत्ति दिएको उनले जनाएका छन् ।

पाँच फाउन्डेसनमा ४१ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति दानमा दिएका अर्बपति बफेट भन्छन्, “मेरो धनको उपयोग म भन्दा समााजलाई छ ।”

बफेटले दिशानिर्देश गरेको एक महिला व्यवसायी ट्रासी ब्रिट कूलले एक दशकपछि बर्कशायरको सहयोगी कम्पनी पाम्पर्ड सेफका वित्तीय सहायकबााट प्रमुख कार्यकारी बनेकी छिन् । उनले सन् २०१९ मा बर्कशायर जस्तै बफेटको सहयोगमा निजी कम्पनी सुरु गरिन् ।

बफेटले सन् १९७७ देखि सेयरधनीहरूको बैठकमा अनुभव सुनाउन सुरू गरे । यसलाई ‘उडस्टक फर क्यापिटलिस्ट्स’ भनिन्छ ।
बफेटले खुलारूपमा थोर कर लाग्ने बाटोबाट लाभ कमाएको स्वीकार गर्छन् ।

उनले १० लाख अमेरिकी डलर वर्षमा कमाउनेलाई कम्तीमा ३० प्रतिशत लगाउन भनी गरेको प्रयासलाई सन् २०१२मा अमेरिकी कांग्रेसले अस्वीकार गरेको थियो ।

धनीहरूले थोरै कर तिर्ने कुरा पनि स्वीकार गर्छन् । सुपर सम्पत्तिशालीहरूका लागि उनले सुझाउ दिएका छन् । बफेट भन्छन् “सन्तानलाई यति देउ जसले उनीहरू केही गर्न सकून् तर यति पनि नदेउ की उनीहरूले केही गर्नै नसकुन् ।”