काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौँ पटक आरोहण गरेर काठमाडौँ फर्किएकी छन् । उनी आज बिहान लुक्लाबाट काठमाडौँ आइपुगेकी हुन्।
उनले आइतबार बिहान ३ बजेर ३७ मिनेट जाँदा पाँचौँ पटक सगरमाथा शिखर पाइला टेकेकी थिइन्। सतोरी एड्भेञ्चर प्रालिमार्फत सगरमाथा चढेकी श्रेष्ठले गत वर्ष यही सिजनमा दुई हप्ताको अन्तरालमा तीन पटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् ।
त्यसअघि उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले पाकिस्तानमा रहेको दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनासलु, अन्नपूर्ण, धौलागिरि लगायतका हिमाल आरोहण गरिसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस्