नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा दीपक कुँवर


काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा दीपक कुँवर चयन भएका छन् ।

१८ औँ साधारण सभाबाट कुँवरको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।

संघको प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौडेल, द्वितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल, तृतीय उपाध्यक्षमा रोशन भयोध्यो र महासचिवमा तुलसीप्रसाद अधिकारी चयन भएका छन् । यस्तै सचिवमा वरुणकुमार आचार्य र कोषाध्यक्षमा निश्चल बहादुर श्रेष्ठ निर्वाचित भएको संघले जनाएको छ ।

कार्यकारिणी सदस्यहरूमा डेगेन्द्र कुमार श्रेष्ठ, मनोजबहादुर श्रेष्ठ, हरिभक्त श्रेष्ठ, सन्दिप श्रेष्ठ, प्रश्रित भयोध्यो, सिद्धान्त बिक्रम धमला र आभाष कुँवर रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिले आईएमएस डेभलपर्स प्रा.लि.का मुख्य व्यवस्थापक अरनिको सिंहलाई कार्यकारणी सदस्यमा मनोनीत गर्दै ९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

सल्लाहकार समितिमा बुद्विनारायण श्रेष्ठ, नमान श्रेष्ठ, इच्छाबहादुर वाग्ले, प्रकाश आचार्य, ओम बहादुर राजभण्डारी, दिपक मल्होत्रा, कालु गुरुङ र टङ्कबहादुर श्रेष्ठ रहेका छन् ।