नेप्से १५ अंकले बढ्दा कारोबार रकम ६६ कराेडमा सीमित


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक १५.९२ अंकले बढेर १८३१.०५ अंकमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.५४ अंकले बढेर ३५८.१४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ वटा उपसमुह घटेका छन् भने ११ वटा उपसमुहमा हरियाली छाएको छ । आज म्यूचुअल फण्ड उपसमुह सबैभन्दा धेरै घटेको छ भने डेभलपमेन्ट समुह सबैभन्दा धेरै बढेको छ ।

मंगलबार कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करोड ५३ लाख १ हजार ४ सय ४७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भइरहेको छ ।

त्यस्तै आज गरिमा डिबेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त डिबेन्चर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २२९ कम्पनीको २१ लाख ७ हजार ७ सय ४२ कित्ता सेयर किनबेच हुँदा ६६ करोड तिस लाख १३ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।