अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्र उप्रेती


काठमाडौं । युवा अर्थशास्त्री डा. सुरेन्द्रकुमार उप्रेती अर्थमन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।  बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उप्रेतीलाई वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

डा. उप्रेती यसअघि कर्णाली प्रदेश मन्त्रिपरिषदको आर्थिक विज्ञ रहेका थिए भने विद्युत उत्पादन कम्पनीको विज्ञ सञ्चालक रहिसकेका छन् । त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक रहेका डा. उप्रेतीले आर्थिक नीति निर्माणमा विभिन्न समयमा सरकारका स‍ंयन्त्रमा रहेर काम गरिसकेका छन् ।

Skip This