रसुवा बाढीः ३० जनाको हेलिकोप्टरमार्फत सफल उद्धार गरिएको गृह मन्त्रालयको दाबी


काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका कार्यहरुलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विपद्मा परेका नागरिकको उद्धार मात्र नभई संसट परेको बेलापनि सरकार नागरिकसँगै छ भन्ने आशाको सञ्चार गराउन सफल भएको उनको दाबी छ ।

गृहमन्त्री लेखकले भने , ‘हालसम्म हवाई उद्धारबाट ३० जनाको सफलतापूर्वक उद्धार भएको छ । विपद्मा फसेका नागरिकको उद्धार मात्रै होइन विपद्मा परेका नारिकलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको सञ्चार समेत सरकारले गराएको छ । नेपाल–चीन सीमा क्षेत्रबाट चार जना भारतीय र एक जना नेपालीको हेलिकेप्टरमार्फत समयमै उद्धार गरिएको थियो ।

गृहमन्त्री लेखकले रसुवा बाढीमा फसेका ३० जनाको हेलिकोप्टरमार्फत सफलतापूर्वक उद्धार गरिएको जानकारी दिए ।

त्यस्तै उनले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका दुई जना प्रहरी र सात जना स्थानीयवासी गरी ९ जनाको स्थलगत उद्धार गरिएको छ । संयुक्त सुरक्षाकर्मीको टोलीले जोखिमपूर्ण स्थितिमा उद्धार कार्य सम्पन्न गरेको गृहमन्त्री लेखकको भनाइ छ ।

गृहमन्त्री लेखकले रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइडमा फसेका एक चिनियाँ नागरिक, १५ जना नेपाली पुरुष र दुई जना महिला गरी १८ जनाको स्थलगत उद्धार गरिएको पनि बताए ।

उनले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी गरी रसुवा बाढीपछिको उद्धारमा ६८२ जना सुरक्षाकर्मी खटिएको समेत बताए