काठमाडाैँ । नेपाल बार एसाेसिएसनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले अनाहक संसद विघटन गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आइतवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संसद विघटन गर्न नहुने बताएका हुन्। परिवर्तन आवश्यक थियो र परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुने बताए । ताजा जनादेश पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्ने बताए।
आन्दोलनले कुनै संविधान, कानून नमान्ने भएपनि आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रूपले संविधान र कानूनमा बाँधिनुपर्ने बताए ।
“संसद विघटन भएपछि धेरैले आफ्ना कुराहरू राख्नुभयो । नेपाल बार एशोसिएशनले पनि १ बजे राति आफ्नो विज्ञप्ती निकाल्यो । यो संसद अनाहक विघटन गर्नुहुने थिएन । परिवर्तन आवश्यक थियो, परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुन्छ । मुलुकका शक्तिहरू जो हामी मानि आएका छौँ, ति शक्तिहरू चुनिन्छन्,”उनले भने ।
प्रतिक्रिया दिनुहोस्