धितोपत्र बोर्डमा अर्थ मन्त्रालयका प्रतिनिधि परिवर्तन


काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा आफ्नो प्रतिनिधित्वमा हेरफेर गरेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार बोर्डमा अर्थ मन्त्रालयतर्फका सदस्य महेश बरालको स्थानमा उत्तर खत्रीलाई नियुक्त गरिएको हो।

नेपाल धितोपत्र बोर्डमा अध्यक्षबाहेक ६ जना सञ्चालक सदस्य रहने व्यवस्था छ। तीमध्ये अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था, नेपाल उद्योग वाणिज्य महासङ्घ र एक जना विज्ञ सदस्य गरी ६ निकायबाट प्रतिनिधित्व हुने गर्छ।

हाल बोर्डका सबै सदस्य नियुक्त भइसकेका भए पनि विज्ञ सदस्यको पद भने अहिलेसम्म रिक्त रहेको छ।