रिलायन्स स्पिनिङ् मिल्सले तिर्‍याे डेडिकेटेड तथा ट्रङ्क लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता


काठमाडौँ । रिलायन्स स्पिनिङ् मिल्सले डेडिकेटेड तथा ट्रङ्क लाइनको विद्युत महसुल् बक्यौताको पहिलो किस्ता तिरेको छ ।

सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिङ् मिल्सले प्रिमियम महसुलको बक्यौताको पहिलो किस्ता आज तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

पहिलो किस्ता तिरेपछि रिलायन्सको काटिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।

रिलायन्सको ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी रिलायन्सले २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो । यद्यपी रिलायन्यले यसमा असहमति जनाएको थियो ।