काठमाडौँ । काठमाडौँमा उत्पादित रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएपछि त्यसलाई खान अयोग्य ठहर गरिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काठमाडौँमै उत्पादन भएको रायो सागमा अर्गानोफस्फेट समूहको कीटनाशक विषादीको मात्रा खतरनाक रूपमा उच्च पाइएको हो।
समितिले बजारमा बिक्री वितरण भइरहेका १५ प्रकारका तरकारीको नमुना सङ्कलन गरी विषादी परीक्षण गर्दा रायो सागमा ७४.७२९ प्रतिशत रोकावट अर्गानोफस्फेट विषादी भेटिएको जनाएको छ।
हाल बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ। मापदण्डअनुसार विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी भए खान अयोग्य मानिन्छ।
यसअघि पनि गत पुस ८ गते काठमाडौँमा उत्पादित रायो सागमै ९९.०८० प्रतिशत रोकावट अर्गानोफस्फेट विषादी भेटिएको थियो।



प्रतिक्रिया दिनुहोस्