काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादन बढ्दै गएपनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग नभएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आईतवार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेण्डा’ कार्यक्रमा सुझाव दिँदै अध्यक्ष कार्कीले विद्युत निर्यात गर्न निजी क्षेत्रलाई दिनुपर्ने बताए । दलहरुले उत्पादित विद्युत निर्यात, खपत तथा व्यपारमा भएका नीतिलाई सुधार गर्ने प्रतिवद्धता गर्नुपर्ने र कार्यान्वयनमा जोड दिनुपर्ने कार्कीको भनाइ छ ।
अध्यक्ष कार्कीले भने ‘विद्युत उत्पादन मात्र गरेर हुँदैन खपतका योजना चाहिन्छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत नेपाल विद्युत किनिदेने व्यवस्था गर्नुपर्छ, नत्र लाइसेन्स फिर्ता दिने व्यवस्था गर्नुपयो । निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिनुपर्याे । निजी क्षेत्रको सुरक्षाका लागि नीति बनाउनु पर्याे ।’


प्रतिक्रिया दिनुहोस्