नेपालमा बालबालिकाको हिस्सा ३४ प्रतिशत, साढेँ ३१ हजार घरपरिवारको परिवारमुली बालबालिका


काठमाडौँ । नेपालमा साढेँ ३१ हजार घरपरिवारको परिवारमुली बालबालिका रहेको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा आधारित रहेर नेपालका बालबातलकाहरूको अवस्थाको बारेमा राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा ३१ हजार ५१२ (०.५ प्रतिशत) घर परिवारको परिवारमुली बालबालिका रहेका छन् ।

यी मध्ये ६१ प्रतिशतको उमेर १६ देखि १७ वर्ष रहेको छ । परिवारमुलीको रूपमा रहेका बालबालिकामध्ये ४२ प्रतिशत आर्थिकरूपले सक्रिय रहेको उल्लेख गरिएको छ ।

यस तथ्यांक अनुसार नेपालमा २० वर्षमा १८ वर्षभन्दा मुनिका बालबालिकाको अनुपात १२ प्रतिशत विन्दुले घटेको छ । वि.सं. २०५८ को अंकसँग तुलना गर्दा गर्दा २०७८ मा १२ प्रतिशत विन्दुले घटेको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल जनसंख्याको ९८ लाख ६९ हजार ५८३ जना बालबालिका रहेका छन् । २०५८ मा यो अनुपाल ४६ प्रतिशत रहेको थियो भने २०६८ मा आइपुग्दा यो अनुपात ४२ प्रतिशतमा झर्यो । २०७८ मा बालबालिकाको हिस्सा कुल जनसंख्याको ३४ प्रतिशत मात्र रहेको छ ।

नेपालमा करिब एकतिहाइ अर्थात ७१ प्रतिशत घरपरिवारहरूमा बालबालिका रहेका छन् । एक चौथाइभन्दा बढी (२९ प्रतिशत) घरपरिवारमा बालबालिका नै छैनन् ।

यसमा आधाभन्दा पनि बढी (५३ प्रतिशत) बालबालिका ९ वर्ष उमेर समुहसम्मका छन् । नेपालमा ४५ प्रतिशत अर्थात करिब आधा बालबालिका सबैभन्दा तलका दुईओटा (अतिविपन्न र विपन्न) मा रहेका छन् भने यसले ती बालबालिकाको जोखिमजन्य अवस्थालाई इकिंत गर्छ ।