नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव सार्ने कसरत


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यसमिति बैठक आज बस्दैछ । कार्यसमिति बैठक बस्नुअघि पदाधिकारी बैठक जारी छ ।

महासङ्घको साधारण सभा चैत २८ र २९ गते हुँदैछ । साधारण सभाबाट नयाँ नेतृत्व चयन हुँदैछ ।

यद्यपी चुनाव सार्ने कसरत भइरहेको छ । वर्तमान अध्यक्ष चन्द्र ढकाल चुनाव सार्नुपर्ने पक्षमा छन् भने वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ चुनाव सार्न नहुने पक्षमा देखिएका छन् ।

अध्यक्ष ढकालले भर्खरै प्रतिनिधि सभाको चुनाव सकिएको, नयाँ सरकार गठनको बल्ल तयारी भएको लगायतको विषय उठाएर एकदेखि दुइ महिना महासङ्घको चुनाव सार्नुपर्ने पक्षमा छन् ।

अब स्वत : अध्यक्षको लाइनमा रहेका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ भने नयाँ नेतृत्व चयनमा ढिलाई गर्न नहुँने भन्दै चुनाव कुनै हालतमा नसार्ने अडानमा छन् । कार्यसमिति बैठक बस्दैछ ।

नयाँ नेतृत्वको लागि रस्साकस्सी सुरु भइसकेको छ । दुइसमूह बनेर चुनावी अभियानसमेत चलिरहेको छ । अध्यक्ष चन्द्र ढकालको पक्षमा एउटा समूह छ भने वरिष्ठ उपाध्यक्ष श्रेष्ठको पक्षमा अर्को समूह छ ।